An observation tour of the hospitality industry of Kathmandu by Western Mega College
बुटवल, कार्तिक ११
आरम्भ ग्रुप आफ हस्पिटालिटीद्वारा सञ्चालित वेष्टर्न मेगा कलेजको ब्यवस्थापन समिति र प्रशासनिक टिमले राजधानीमा सञ्चालित विभिन्न कलेज र केही नमुनायोग्य पर्यटन ब्यवसायको अध्ययन अवलोकन भ्रमण गरेको छ ।
खासगरी ब्यवस्थापन, होटल ब्यवस्थापन सम्वन्धी कलेज र केही नमुनायोग्य पर्यटन ब्यवसायको अवलोकनका क्रममा वेष्टर्न मेगा कलेज र आरम्भ रिसोर्टलाई कसरी आधुनिक र ब्यवस्थित वनाउन सकिन्छ भन्नेवारेमा महत्वपूर्ण पृष्टपोषण प्राप्त भएको छ, कलेज ब्यवस्थापन समितिका अध्यक्ष मेघराज पन्तले वताउनुभयो ।
वेष्टर्न मेगा कलेजले ब्यवस्थापनमा स्नातकोत्तर र होटल ब्यवस्थापनमा स्नातकको अध्यापन गर्दै आएको छ ।
सरकारी, गुठी र निजी कम्पनीद्वारा सञ्चालित कलेजहरुबाट छनौट गरी ५ वटा कलेजको भ्रमण सो टोलीले गरेको थियो । त्यसमध्ये द एशियन इन्स्टिच्युट आफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट कलेज (एआइटीएम), एकेडेमी अफ कुलिनरी आर्टस एण्ड हस्पिटालिटी म्यानेजमेन्ट, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट(नाथम), नेशनल कलेज अफ म्यानेजमेन्ट र इन्जिनियरिङ्गमा स्नातकोत्तरको अध्यापन हुने लुम्बिनी एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीको अध्ययन गर्नुका साथै अन्तरक्रियात्मक छलफल गरिएको थियो । उक्त अवलोकन भ्रमणवाट महत्वपूर्ण सिकाई प्राप्त भएको निष्कर्ष आरम्भ ग्रुप आफ हस्पिटालिटीका अध्यक्ष बाबुराम महतले वताउनुभयो । गुणस्तरीय शिक्षाका लागि विषयगत कार्यक्रमको विस्तार गर्नुपर्ने, अतिरिक्त शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने, विदेशी सस्थावाट सञ्चालनमा आएका साना तथा मझौला तालिम सञ्चालन गर्नुपर्ने महसुस हामीले गरेका छौं, प्राचार्य श्रीप्रसाद भट्टराइले भन्नुभयो । हस्पिटालिटी क्षेत्रमा कार्यरतका लागि स्तरीय अंगे्रजी भाषाको आवश्यक पर्ने भएकोले शैक्षिक तथा प्रशासनिक जनशक्तिका अतिरिक्त विद्यार्थीका लागि ब्रिटीस ल्याङ्गवेज ट्रेनिङ्ग एण्ड क्वालिफिकेशनसंग सहकार्य गर्नका लागि अल्पकालिन तथा दीर्घकालिन योजना वनाउनुपर्ने आबश्यकतासमेत देखियो, अवलोकन कार्यक्रमका संयोजक अमर थापाले वताउनुभयो । सो अवसरमा एआइटीएम कलेजको तर्फबाट निर्देशक वसन्त जोशी, एकेडेमी अफ कुलिनरी आर्टसको तर्फबाट अध्यक्ष आशिष महर्जन एवं कृष्ण महर्जन, नाथमको तर्फबाट कार्यकारी निर्देशक दीपक कुमार थापा, बीएचएम संयोजक विनोद अर्याल, लुम्बिनी इन्टरनेशनल कलेजको तर्फवाट प्राचार्य डा. केआर दाहाल, नेशनल कलेज अफ म्यानेजमेन्टको तर्फवाट प्रो.डा. सुशिलभक्त माथेमा र बीएचएम इन्चार्ज सुवाश श्रेष्ठले कलेजले ब्यहोर्नुपरेका समस्या, चुनौति र सम्भावनावारेमा प्रस्तुति गर्नुभएको थियो । यता मेगा कलेजको तर्फवाट सञ्चालक डी.आर. घिमिरे, उमलाल बन्जाडे, गोपाल पाण्डे र विष्णु केसीले अनुभवहरु सुनाउनु भएको थियो । सो अवसरमा सहायक क्याम्पस प्रमुख किशु शर्मा, प्रयोगात्मक सिकाई संयोजक सुमित रिजाल, परीक्षा शाखा प्रमुख विकास खत्री, आइ टी विभाग प्रमुख शागर त्रिपाठी र आरम्भ रिसोर्ट प्रशासन विभागका चन्द्र पौडेलले सहजीकरण गर्नुभएको थियो ।
त्यस्तै चन्द्रागिरी हिल्सको भ्रमणका अवसरमा सो कम्पनीले प्राप्त गरेको प्रतिफल, ब्यवस्थापन आदिका सम्वन्धमा चन्द्रागिरी टुरिजम बोर्डका मनराजा खत्री र श्याम तन्दुकारले प्रस्तुति दिनु भयो । पर्यटकहरुलाई आकर्षण गर्ने र व्यवस्थापकीय कुशलता सम्वन्धी प्रस्तुति अत्यन्तै प्रभावकारी रहेको महसुस सहायक प्राचार्य किशु शर्माले गर्नुएको छ ।